मौसम : पहाडी क्षेत्रमा आंशिक देखि सामान्य बदली रहने

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी क्षेत्रमा आंशिक देखि सामान्य बदली रहने जनाएको छ । बाँकी क्षेत्रको मौसम भने सामान्यतया सफा रहनेछ । पहाडका केही स्थानमा साँझपख मेघ गर्जनसहित वर्षाको सम्भावना छ । 

महाशाखाका अनुसार काठमाडौं उपत्यकाको आजको अधिकतम तापक्रम २८ दशमलव ४ डिग्री सेल्सियस रहेको छ भने न्युनतम तापक्रम १५ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । 

सुर्याेदय विहान ५ बजेर १३ मिनेटमा भएको थियो भने सुर्यास्त साँझ ६ बजेर ४६ मिनेटमा हुनेछ ।

प्रतिकृया दिनुहोस