प्रधानमन्त्री ओली आज लुम्बिनी जाँदै, यस्ता छन् कार्यक्रम

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज लुम्बिनी जादै छन् । भोली बुद्धपूर्णिमाको अवसरमा तय गरिएको लुम्बिनी दिवसको विशेष कार्यक्रमको एक दिन अघि नै आज प्रधानमन्त्री त्यहाँ जान लागेका हुन् । 

आज प्रधानमन्त्रीले कपिलवस्तुको तिलौराकोट अवलोकन गर्ने कार्यक्रम रहेको लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले बताए । 

प्रधानमन्त्री ओली आज साँझ मायादेवी मन्दीरमा दिप प्रजज्लन गर्ने कार्यक्रम पनि रहेको छ । यस्तै वैशाख ४ गते अर्थातबुद्ध पूर्णिमा दिन भोली बिहान प्रधानमन्त्रीले ध्यान गर्ने र विक्षारोपण गर्ने कार्यक्रम रहेको छ । 

यस्तै शान्ति र्यालीमा पनि सहभागी हुनेछन् । त्यस दिन २ हजार ६ सय बिरुवा लूम्बिनीमा रोप्ने कार्यक्रम समेत रहेको छ । बुद्धपूर्णिमाकै दिनलाई लुम्बिनी भ्रमण वर्षको रुपमा मनाइँदै छ । जसको औपचारिक कार्यक्रम बिहान ११ बजेदेखि नै शुरु हुने छ । 

पाँच नम्बर प्रदेश सरकारले जेठ ४ गते परेको बुद्ध पूर्णिमालाई भव्य बनाउनको लागि बजेट ४ करोड  १९ लाख छुट्याएको छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...