पत्रकार महासंघले आज संसद् भवन अगाडि प्रदर्शन गर्ने

काठमाडौं । संसद्मा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयक पुनः मस्यौदा गर्नुपर्ने माग गर्दै आन्दोलित बनेको नेपाल पत्रकार महासंघले आज संसद् भवन बाहिर र जिल्ला सदरमुकामहरुमा प्रदर्शन गर्ने भएको छ ।

सरकारले ल्याएको विधेयकका प्रावधानहरुले मिडिया काउन्सिल सरकार नियन्त्रित अंगका रुपमा स्थापित गर्नुका साथै स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउने महासंघको निष्कर्ष छ।

पहिलो चरणको आन्दोलनका क्रममा आज मध्यान्ह १२ बजे काठमाडौंमा संसद भवन बाहिर र जिल्लाहरुमा सदरमुकाममा सञ्चार साधनसहित प्रदर्शन गर्ने कार्यक्रम रहेकोमहासंघका महासचिव रमेश बिष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

उदयपुरमा स्कोर्पियो दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु, वडाध्यक्षसहित ६ जना घाइते

Udayapur accident

धरान । उदयपुरको कटारीमा स्कोर्पियो गाडी दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु भएको...