जनवर्गीय संगठनको एकता टुंग्याउँन नेकपा सचिवालयको बैठक बालुवाटारमा जारी

काठमाण्डौ । जनवर्गीय संगठनको एकता टुंग्याउँन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । 

बैठकमा जनवर्गीय संगठनको एकताको टुंगो लगाउने गरी छलफल भइरहेको बुझिएको छ । नेकपाको २२ वटा भातृ संगठन छन् । ती सबैको एकता टुंगो लगाउन सचिवालय बैठक बसेको हो ।

बैठकमा १३ वटा भातृसंगठनको नेतृत्व तत्कालीन एमालेले पाउने र बाँकी ९ वटाको भने तत्कालीन माओवादीले लिने गरी छलफल अघि बढेको स्रोतले जनाएको छ । 

गएको वर्ष जेठ तीन गर्ने तत्कालिन एमाले र माओवादी केन्द्र मिलेर नेकपा घोषणा भएको थियो । औपचारिक रुपमा पार्टी एकता घोषणा भएको एक वर्ष पुगेको अवसरमा भोली जनवर्गीय संगठनको एकता पनि टुंगो लगाउने तयारी थालिएको हो ।

एक वर्षसमम पनि जनवर्गीय संगठन र पार्टीको पोलिटब्यूरो सदस्य चयन गर्न नसकेको भन्दै नेतृत्वको आलोचना हुँदै आएको छ । नेकपाले भोलि नै पार्टीको पोलिटब्यूरो सदस्यहरुको पनि नाम सार्वजनिक गर्ने तयारी थालेको छ । त्यसका लागि पनि आजको बैठकमा छलफल चलिरहेको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...