‘मेरो सरकार’ शब्दावलीको विरोध गरेकै कारण दिपशिखालाई युवाको नेतृत्व नदिइने

काठमाडौँ । सरकारको निति तथा कार्यक्रम प्रस्तुत गर्न क्रममा राष्ट्रपतिले मेरो सरकार शब्दावली लिएर सामाजिक सञ्जालमा विरोध जनाएका रामप्रसाद सापकोटा (दिपशिखा) लाई नेतृत्व नदिइने भएको हो ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन माओवादीको युवा संगठन वाईसिएलका अध्यक्ष दीपशिखाको नाम सिफारिस गरे पनि प्रधानमन्त्री तथा पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीले त्यसमा आपत्ति जनाएका छन् ।

प्रधानमन्त्री ओलीले दीपशिखालाई पार्टीका युवा संगठनको नेताका रुपमा स्वीकार गर्न नसकिने तर्कका रुपमा प्रस्ततु गरेका छन् । ओलीले दीपशिखाले सामाजिक सञ्जालमा व्यक्त गरेको विचारलाई उनी विरुद्ध प्रयोग गरेका हुन् ।

यसअघि बुधबार युवा संघको स्थापना दिवसको अवसरमा भएको कार्यक्रममा दीपशिखाले सरकारको आलोचना गरेका थिए । उनले वर्तमान सरकारले कालोबजारी नियन्त्रण गर्न नसकेको तथा हरेक क्षेत्रमा भ्रष्टाचार मौलाएको आरोप लगाएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...