विद्यार्थी नेता शाहको प्रश्नः बालुवाटारको जग्गा अनुसन्धान गरिहेका डिएसपीलाई किन सरुवा गरियो ?

काठमाडौं । बालुवाटारको जग्गा प्रकरणमा अनुसन्धान गरिरहेका डिएसपीलाई सरुवा गरिको प्रति नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष ऋषिकेश जङ्ग शाहले आपत्ति जनाएका छन् ।

११ विद्यार्थी संगठनले राजधानीमा आयोजना गरेको विद्यार्थी एकता दिवस तथा विरोध कार्यक्रममा बोल्दै पूर्व उपाध्यक्ष शाहले युद्ध नेपाली समाजले नचाहेको बताउँदै सरकारलाई विप्लवसँग वार्ताको वातावरण बनाउन र विप्लवका विद्यार्थी सङ्गठनका अध्यक्ष चिरञ्जीवी ढकाललाई लाई तत्काल रिहाइ गर्न पनि माग गरेका छन् ।

उनले भने, सरुवा प्रकरणले सरकारको नियत कति खराब छ भनेर प्रस्ट पारेको पनि उनले जिकिर गरे । बालुवाटारस्थित ललिता निवासको जग्गा कब्जाबारे छानबिनमा संलग्न केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी कविद कटुवाललाई रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर पठाइएको थियो ।

त्यहाँ कार्यरत डीएसपी कुमुद ढुंगाना छानबिनका लागि काठमाडौं तानिएपछि खाली रहेको स्थानमा उनलाई पठाइएको हो । सरकारले अध्यक्ष ढकाललाई तत्काल रिहाइ नगरे देशभर शैक्षिक हडताल गर्ने पनि चेतावनी दिए। 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आदिवासी जनजाति महासंघ (समाजवादी) को दोस्रो राष्ट्रिय महाधिवेशन शनिबारदेखि हुने

Janati samajwadi program

काठमाडौं । एकीकृत समाजवादी निकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) को दोस्रो राष्ट्रिय महाधिव...