१८ औं विश्व र्‍याफ्टिङ च्याम्पियनसिप आजबाट सुरु

काठमाडौं । १८ औं विश्व र्‍याफ्टिङ च्याम्पियनसिप आजबाट सुरु हुँदैछ । उत्तरी अस्ट्रेलियाको टली नदीमा हुने च्याम्पियनसिपमा नेपालको भन पदक जित्ने लक्ष्य रहेको छ । 

१८ देशका ४८ टिम सहभागि रहेको च्याम्पियनसिपमा पुरुष तर्फ खुलामा डिफेन्डिङ च्याम्पियन ब्राजिल सहित १६, मास्टर्स ९४० वर्षमाथि० ८, २३ वर्ष मुनि ५ र १९ वर्ष मुनिका ४ टिम सहभागि छन् । महिलातर्फ खुलामा ८, मास्टर्समा २, २३ वर्ष मुनिको ५ टिमले सहभागिता जनाउने छ । 

नेपाली राष्ट्रिय टोलीका कप्तान सुरज गुरुङले अस्टे«लियाको मौसममा ६ दिनको अभ्यासका कारण घुलमिल भइसकेको भन्दै पदक जित्ने लक्ष्य रहेको बताउनुभयो । सन् २०२० मा मार्चमा हुने आमन्त्रण विश्व ¥याफ्टििङ कपमा सहभागिताका लागि पनि पदक जित्नु आवश्यक रहेको उहाँको भनाई छ ।


प्रतिकृया दिनुहोस