भरतपुर गोल्डकपमा आज एपिएफ र झापा भिड्दै

चितवन । नारायणगढमा जारी भरतपुर गोल्डकपको दोस्रो सेमिफाइनलमा बिहीबार सशस्त्र प्रहरीको एपिएफ र झापा–११ आमनेसामने हुँदैछन्। उपाधि दावेदार यी दुई टोलीबीचको खेल अपराह्न ४ बजेपछि हुने खेल संयोजक प्रकाश भुजेलले जानकारी दिए। 

झापा–११ क्वार्टरफाइनलमा च्यासल युथ क्लबलाई राजित गर्दै सेमिफाइनलमा प्रवेश थियो। एपिएफले विरगंज युनाइटेडलाई पराजित गर्दै झापासँगको भेट पक्क गरेको हो। बुधबार भएको पहिलो सेमिफाइनलमा घरेलु टिम चितवन–११ लाई ट्राइबे्रकरमा ४–२ गोल अन्तरले पराजित गर्दै संकटा क्लब फाइनल प्रवेश गरेको छ। 

निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसक्दा ट्राइब्रेकरबाट निर्णय लिइएको हो। नारायणगढको क्याम्पाचौरमा वैशाख २४ देखि जारी प्रतियोगिता जेठ ४ सम्म सञ्चालन हुनेछ। ए जे ईन्टरनेसनल प्रालिले आयोजना गरेको प्रतियोगिताका विजेताले ६ लाखसहित गोल्डकप र उपविजेताले ३ लाख रुपैयाँ पाउने छन्। 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...