भियतनाम र कम्बोडियाको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली स्वदेश फिर्ता

'भ्रमण फलदायी भयो'

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको एकहप्ते औपचारिक भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन् ।

भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री हुन सेनको निमन्त्रणामा गएको वैशाख २६ गते प्रधानमन्त्री ओली त्यसतर्फ गएका थिए ।

बुधबार अपराह्न कम्बोडियाबाट बैंकक हुँदै स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले दुवै देशको भ्रमण फलदायी भएको बताए ।

प्रधानमन्त्री ओलीले वैशाख २६–३० गतेसम्म भियतनाम र वैशाख ३०–जेठ १ गतेसम्म कम्बोडियाको भ्रमण गरेका थिए ।

भ्रमणकाक्रममा नेपाल र कम्बोडियाबीच द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने, पर्यटन प्रवर्द्धन गर्ने र व्यापार विस्तारलाई नयाँ उचाइमा पुर्‍याउने विषयमा सहमति भएको थियो । त्यसैगरी, नेपाल र भियतनामबीच विभिन्न तीन विषयमा सहमति भएको थियो ।

दुई मुलुकबीच कूटनीतिक तथा विशेष राहदानी बहाकहरुलाई भिसा छुट र द्विपक्षीय परामर्श संयन्त्र गठनसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

त्यस्तै, दुई मुलुकबीच व्यापार तथा लगानी साझेदारी ‘फ्रेमवर्क’सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्न छलफललाई अगाडि बढाउन ‘लेटर अफ इन्टेन्ट’मा दुई मुलुकका अधिकारीहरुले हस्ताक्षर गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...