मिडिया विधेक फिर्ता नलिए कांग्रेसले सदन र सडकमा शक्ति प्रदर्शन गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मिडिया काउन्सिल सबन्धी विधेयक फिर्ता नलिए शक्ति पर्दशन गर्न भएको छ । बुधबार कांग्रेस संसदीय दलको बैठकले मानवअधिकार आयोग, मिडिया काउन्सिल र राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी विधेयकको विरोध गरेको छ ।

‘तीन वटै विधेयक संविधान प्रतिकुल आएका छन्, सरकारले फिर्ता लिनुपर्छ प्रमुख सचेतक बालकृष्ण खाँडले भने ।’

मिडिया काउन्सिल विधेयकले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता कुन्ठित गर्ने कांग्रेसको ठहर छ । प्रमुख सचेतक खाडले भने, ‘यदि जबरजस्ती विधेयकलाई अगाडि बढाउन खोज्यो भने कांग्रेसले सदनभित्र र बाहिर सडकमा आफ्नो शक्ति प्रर्दशन गर्नेछ ।’

प्रतिकृया दिनुहोस