एन्फाको वरिष्ठ उपाध्यक्षमा पंकज बिक्रम नेम्वाङ नियुक्त

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को वरिष्ठ उपाध्यक्षमा पंकज बिक्रम नेम्वाङ नियुक्त भएका छन् । आज बसेको कार्यसमिति बैठकले संघको वरिष्ठ उपाध्यक्षमा नेम्वाङलाई मनोनित गरेको हो वरिष्ठ उपाध्यक्षमा नेम्वाङसहित विरबहादुर खड्काले दाबी पेश गरेका थिए ।

तर, बहुमतको आधारमा नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष नियुक्त गरेको हो । एन्फाले नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष नियुक्त गरेपनि विवादरहित भने हुन सकेन । नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष नियुक्त गर्ने भएपछि अर्का आकांक्षी विरबहादुर खड्कासहित ३ सदस्यले बैठक बहिस्कार गरेका थिए ।

खड्कासहित पूर्ण मान श्रेष्ठ र रत्न श्रेष्ठले बैठक बहिस्कार गरेका थिए । यसअघि एन्फाले नयाँ नेतृत्वको निर्वाचन भएको एक बर्ष बितिसक्दा समेत वरिष्ठ उपाध्यक्ष नियुक्त गर्न सकेको थिएन । नेतृत्वको आकांक्षी धेरै देखिएपछि वरिष्ठ उपाध्यक्ष छनोटको एजेण्डा पछाडी पर्दै आएको थियो । विधानमा वरिष्ठ उपाध्यक्ष छनोट एन्फा कार्यसमिति बैठकले गर्ने उल्लेख छ ।

एन्फा निर्वाचनमा चार उपाध्यक्ष निर्वा्चित भएका थिए । जसमा नेम्वाङले ६१ मत र खड्काले ३९ मत ल्याएका थिए । अर्का उपाध्यक्ष उपेन्द्रमान सिहले ५८ मत र कृण्ण थापाले ५२ मत ल्याएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...