देशभरका सबै मठमन्दिरमा राप्रपाले ब्यानर राख्ने

काठमाडौं । हिन्दु धर्मको पुनस्र्थापनाको माग गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले देशभरका सबै मठमन्दिरमा ब्यानर टाँग्ने भएको छ ।

पार्टीकोे जनसंघर्ष परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा मंगलबार बसेको बैठकले सबै जिल्लाका मठमन्दिरहरुमा ब्यानर राख्ने निर्णय गरेको हो । 

राप्रपाले आन्दोलन सँगसँगै पार्टीको सक्रिय सदस्यता वितरण अभियान तिव्र बनाउने निर्णय गरेको छ । काठमाडौं उपत्यका भित्रका १५ वटै निर्वाचन क्षेत्रमा जेठ १५ गते भित्रमा क्षेत्रीय भेला सम्पन्न गर्ने मेत निर्णय गरेको छ ।

बैठकले मेची–महाकाली राष्ट्रिय स्वभिमान यात्राको क्रममा छुटेका पहाडी जिल्लाहरुमा जेठ १५ देखि सुरु गर्ने यात्रालाई आन्दोलनकै रुपमा सम्पन्न गर्ने निर्णय गरेको छ । 

प्रतिकृया दिनुहोस