सम्भाव्यता अध्ययन संयोजक तथा सांसद खड्काद्धारा प्रदेश ३ को नाम गौरीशंकर राख्न नेकपामा प्रताव

 काठमाडौं । सत्तारुढ नेकपाका सांसद विशाल खड्काले प्रदेश ३ को नाम गौरीशंकर राख्न नेकपाको संसदीय दलको कार्यालयमा प्रस्ताव दर्ता गराएका छन् । उनले नामकरणका लागि ६ आधार पेश गरेका छन् ।

सा‌ंसद खड्का प्रदेश ३ को राजधानी सम्भाव्यता अध्ययन प्रतिवेदन समितिको संयोजक पनि थिए । उनले प्रतिवेदन बुझाइसकेका छन् । प्रतिवेदनले राजधानीका लागि पाँच स्थान पेश गरेकोमा काभ्रे पहिलो नम्बरमा रहेको छ । 

नेकपा नेतृत्वको प्रदेश सरकारले भने प्रदेश सभामा नाम र राजधानीको प्रस्ताव लैजान सकेको छैन् । यस प्रति असन्तुष्टि जनाउँदै कांग्रेस सांसदहरुले सोमबारको प्रदेशसभा बैठक अबरुद्ध गरेका थिए ।



प्रतिकृया दिनुहोस