प्रचण्डलाई राजनीति छाडेर कृषि खेती गर्न आखिर कसले रोक्यो ?

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ठाउँ र परिस्थितीको आँकलन गर्ने नेताको रुपमा लिइन्छ । त्यही भएर जुन कार्यक्रममा सहभागी बन्छन्, सो कार्यक्रममा प्रचण्डले कार्यक्रम अनुसार नै आयोजकलाई आश्वास्त पार्ने गर्छन् । त्यही भएर प्रचण्डले कहिलेकाँही आवेशमा पनि बोल्ने गरेको आरोप लाग्छ । 

अहिले फेरि राजनितिक सकेपछि प्रांगारिक खेती गर्न मन लागेको बताएका छन् । ललितपुरको कुपण्डोलमा मंगलबारदेखि शुरु भएको दुई दिने अन्तर्राष्ट्रिय प्रांगारिक कृषि सम्मेलनको उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।

अध्यक्ष प्रचण्डले भने, आफूलाई पनि राजनीति गरिसकेपछि प्रांगारिक खेतीमा जान मन त लागेको थियो । तर जनताले त्यति जान नदिने बताए । उनले विश्वमा नै आफूलाई नाफा हेर्ने पुँजीवादी विकासको गति बढेकोले सो कुरा अनुचित भएको बताए ।

अध्यक्ष प्रचण्डले जलवायु परिवर्तन र विकासको मोडेलका कारण मानव जातिले धेरै समस्या भोगेको बताउँदै समस्या समाधान गर्न बहस फलदायी हुने उल्लेख गरे । उनले भने, ‘यसरी विकासलाई सही दिशा दिन सकिँदैन । राजनीतिक स्थायित्वसँगै विकासको मोडेल त्यसलाई सञ्चालन गर्ने विधि सही भएन भने विकास सही बाटोमा जाँदैन।’ आधुनिक खेती गर्ने भने पनि दिनप्रतिदिन आयातमुखी हुनथालेकोले यसको समीक्षा गर्ने बेला भएको उनको भनाइ छ ।

उनले भने, ‘अर्बौँको कागती मात्र आयात गर्नुपर्ने परिस्थितिको सृजना कसले गर्यो, कुन राजनीतिक प्रणालीले गर्यो त्यसको समीक्षा गर्ने उपयुक्त बेला आएको छ।’ अध्यक्ष प्रचण्डले प्रकृतिको दोहन नगर्ने विकासको मोडेलतिर जान चाहेको समेत खुलाए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...