फेसबुकले भन्योः सचेत् रहनुहोस ह्वाट्सएपमा जासुसी सफ्टवेयर

काठमाडौ ।  ह्वाट्सएपमा भएको सुरक्षा बिलौदै गएको छ  कारण मोबाइल फोनमा एक जासुसी सफ्टवेयर इन्स्टल भएको फेसबुकले स्वीकार गरेको छ।

 बेलायतको अखबार फाइनान्सियल टाइम्सले प्रकाशित गरेको एक रिपोर्टकाअनुसार यो सफ्टवेयर एक इजरायली कम्पनी ने विकास गरेको थियो। 

उक्त जासुसी सफ्टवेयरलाई ह्वाट्सएप फोनको माध्यमबाट प्रयोगकर्ताको फोनमा इन्स्टल गरिएको थियो। अखबारले प्रकाशित गरेको रिपोर्टअनुसार प्रयोगकर्ताले फोन रिसिभ नगर्दाको अवस्थामा फोनमा उक्त जासुसी सफ्टवेयर इन्सटल हुने गर्छ।

 क्यानडाका अनुसन्धाताका अनुसार यो जासुसी सफ्टवेयरले मुख्यतः मानवअधिकार कार्यकर्ता र अधिवक्ताहरूलाई निशानामा राखेको थियो। रिपोर्टअनुसार फेसबुकका इन्जिनियरहरू यो गल्ती सुधार्न आइतबारसम्म लागेका थिए। 

फेसबुकले प्रयोगकर्ताहरूलाई नयाँ भर्सनको ह्वाट्सएप अपडेट गर्न पनि आग्रह गरेको छ। अहिलेसम्म कति प्रयोगकर्ता यो जासुसीबाट प्रभावित भए भन्ने यकिन भइनसकेको फेसबुकले जनाएको छ। 

निश्चित व्यक्तिहरूलाई मात्रै निशाना बनाइएको हुनसक्ने आँकलन गरिएको छ।संसारभर  

  करिब १५० करोडले ह्वाट्सएप प्रयोग गरिरहेको बताइएको छ। 


प्रतिकृया दिनुहोस