साइप्रसमा एक नेपालीसहित सात जना प्रवासी महिलाको हत्या

काठमाडौं । साइप्रसमा एक नेपाली महिलासहित ७ जना प्रवासी महिलाको हत्या गरिएको छ । पछिल्लो एकहप्तामा सात जना प्रवासी महिलाको हत्या भएको हो ।

हत्या गरिएका धेरै महिला एसिया का रहेको जनाइएको छ । यो घटनापछि अहिले साइप्रसमा त्राश र भय उत्पन्न भएको छ । अप्रिलदेखि अहिलेसम्म सात जना प्रवासी महिलाको हत्या भएको समाचारमा जनाइएको छ ।

जसमा एकजना नेपाली र चारजना फिलिपिन्सका महिला रहेका छन् । त्यसैगरी हत्या गरिएकामा ६ देखि ८ वर्षसम्मका दुईजना बालिका पनि रहेका छन् । 

यो हत्यालाई लिएर अहिले मानिसहरु सडकमा आएका छन् र विरोध जनाइरहेका छन् । पछिल्लो दिन राजधानी निकोसियामा भएको प्रदर्शनमा ठूलो संख्यामा मानिसहरुले भाग लिएका थिए । हत्या गरिएका महिलाहरुको परिचय भने खुलाइएको छैन ।


प्रतिकृया दिनुहोस