१८ हजार सात सय ३७ युवाको आवेदन सूचिकरणमा

काठमाडौं । बैदेशिक रोजगारीबाट फर्किएर सहुलियत कर्जाका लागि आवेदन दिएका मध्येबाट १८ हजार सात सय ३७ युवाको आवेदन सूचीकृत भएको छ । 

बैदेशिक रोजगार बोर्डले यसअघि जारी गरेको सुचनामा २० हजार युवाले आवेदन दिएका थिए । सूचीकरणमा भएका मध्ये सबैभन्दा बढीले उद्योग, कलकारखाना सञ्चालन गर्न चाहेको बोर्डका सूचना अधिकारी दिनबन्धु सुवेदीले बताए ।

उनले सूचीकरण भएकाको विवरण बोर्डले सरकारलाई बुझाइसकेको जानकारी दिए । 


प्रतिकृया दिनुहोस