प्रतिनिधि सभामा जारी पूर्व बजेटमाथिको छलफल आज सकिने

काठमाडौं । प्रतिनिधि सभामा जारी पूर्व बजेटमाथिको छलफल आज सक्ने तयार सङ्घीय संसद् सचिवालयले गरेको छ । आज केही सांसद्ले पूर्वबजेटका बारेमा आआफ्नो विचार राखीसकेपछि अर्थमन्त्री युवराज खतिवडाले जवाफ दिने कार्यक्रम छ । 

आजको बैठक बिहान ११ बजे सुरु हुने संसद् सचिवालयले जनाएको छ । सांसदहरूले शिक्षा, स्वास्थ्य र रोजगारीमा केन्द्रित रहेर बजेट ल्याउन सरकारलाइ सुझाव दिएका छन् । हिजोको छलफलमा भाग लिदै सांसदहरूले शिक्षा, स्वास्थ्य, रोजगारी र समग्र विकासलाई ध्यानमा राखेर बजेट ल्याउन सरकारलाइ सुझाब दिएका हुन् ।

नीति तथा कार्यक्रम र बजेट जतिसुकै राम्रो भए पनि कार्यान्वयनमा चुनौती रहेको भन्दै यसलाई सामना गरेर जानुपर्ने उनीहरूको धारणा थियो । छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरूले राजनीतिक आग्रहपूर्वाग्रह राखेर विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता आएको भन्दै सच्याउन माग गरेका छन् । 

यसैबीच राष्ट्रिय सभामा भने पूर्व बजेटमाथिको छलफल हिजो सकिएको थियो । सांसद्हरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले छलफलका क्रममा आएका सुझावलाई समावेश गर्दै बजेट ल्याउने प्रतिवद्धता जनाउनुभयो । राष्ट्रिय सभाको आजको बैठक भने दिउँसो १ बजेका लागि बोलाइएको छ । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...