सुनसरीमा घरको छतबाट लडेर १७ बर्षिया पुजाको मृत्यु

सुनसरी । इटहरी उपमहानगरपालिका– ६ स्थित कुवेर चोकमा घर छतबाट लडेर गएराति एक किशोरीको मृत्यु भएको छ। धनकुटाको पाख्रीवास नगरपालिका ६ घर भई इटहरी–६ कुवेरचोकमा बस्दै आएकी बाबुलाल शर्माकी छोरी १७ वर्षीया पूजा शर्माको ज्यान गएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी समीरचन्द्र खरेलले जानकारी दिए।

खरेलका अनुसार ९ बजे घरको तीन तला माथिबाट लडेर गम्भीर घाइते भएकी शर्मालाई उपचारका लागि सामुदायिक अस्पताल इटहरी लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो। उपचारका क्रममा शर्माको मृत्यु भएको हो।

घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ। 

 

प्रतिकृया दिनुहोस