जनमुक्ति पार्टीले तोक्यो एकतापछि नेताहरुको जिम्मेवारी

काठमाडौं । राष्ट्रिय जनमुक्ति पार्टी र लोक जनशक्ति पार्टीबीच एकीकरण भएपछि बसेको केन्द्रिय समितिको बैठकले एकता प्रक्रियालाई अनुमोदन गरेको छ । 

शुक्रबार बसेको बैठकले एकतालाई अनुमोदन गर्दै एकतामा प्रक्रियाबाट आएका नेताहरुलाई जिम्मेवारीसमेत तोकेको छ भने विभिन्न जनवर्गीय संगठनको नेतृत्वसमेत तोकेको छ । 

जसअनुसार मेखराज खाती (परियार) लाई उपमहासचिवको जिम्मेवारी दिएको छ । गोविन्द नेपाली (कञ्चनपुर) लाई प्रदेश ७ को संयोजक बनाएको छ भने मनोज परियार (दार्चुला) लाई सहसचिव र प्रेम नेपाली (अछाम), निर्मल मग्राती (गोर्खा), गजेन्द्र पासवान (सप्तरी), रुपेश वागचन (सल्यान), सरोज कार्की (चितवन), कमला नेपाली (गुल्मी), कृष्ण भण्डारी (बैतडी), राजेन्द्र विक (सप्तरी), दुर्गा विक (तँनहु) र सरोज उपरकोटी (चितवन) लाई संघीय परिषद सदस्यमा मनोनयन गरेको छ । खम्बुवान राष्ट्रिय मोर्चाबाट पार्टी प्रवेश गरेका राज्य राई (देमिन) लाई पार्टीको संघीय परिषद सदस्यमा मनोनित गरेको छ ।

पार्टी अध्यक्ष केपी पालुङवाको सभापतित्वमा बसेको सो बैठकले जातीय समन्वय विभागलाई अधिकार सम्पन्न ‘जातीय विभाग’ मा परिणत गर्दै विभागका प्रमुख दलबहादुर वीरकट्टालाई उपाध्यक्ष बनाएको छ । सामाजिक सञ्जाल ब्यूरोको प्रमुखको समेत जिम्मेवारी बहन गर्ने गरी यातायात विभाग प्रमुख सूर्यकुमार सारुलाई सचिव पदमा बढुवा गरेको छ । 

यसैगरी उपमहासचिव मेखराज परियारलाई सञ्चार विभाग प्रमुख र सचिव बलदीप राईलाई बुद्धिजिवि विभाग प्रमुखको जिम्मेवारी दिएको छ । संघीय परिषद सदस्य श्याम परियारलाई राष्ट्रिय दलित मोर्चाको राष्ट्रिय भेला संयोजकको जिम्मेवारी तोकेको छ ।

सो बैठकले बढ्दो भ्रष्टाचारविरुद्ध जेठ महिनादेखि ‘भ्रष्टाचारविरुद्ध राष्ट्रिय अभियान’ चरणबद्ध रुपमा संघर्ष गर्ने निर्णय गरेको छ । सो अभियानका लागि पार्टी महासचिव केशव सूर्यवंशीलाई संयोजकको जिम्मेवारी दिइएको छ । 

एकतापछि सो पार्टीले आगामी मंसिर ४ गतेदेखि सुरु हुने महाधिवेसन सम्पन्न गर्न मूल तयारी समिति निर्माण गऐको छ । जसअनुसार संयोजकमा संस्थापक नेता रामबहादुर तुम्वाहाम्फे, उपसंयोजकहरुमा क्रमशः उपाध्यक्ष मोहन धिमाल र प्रदेश नं. १ का अध्यक्ष प्रकाश येङदेन, प्रचार संयोजकमा उपमहासचिव एवं केन्द्रीय सञ्चार विभाग प्रमुख मेखराज खाती परियार, अर्थ संयोजकमा कोषाध्यक्ष डबबहादुर गर्वुजा र सचिवालय संयोजकमा केन्द्रीय सचिव पदम जवेगु र विष्णु थाम्देनलार्ई जिम्मेवारी प्रदान गरेको छ । 

स्वयम सेवकसम्बन्धी जिम्मेवारी जनमुक्ति यूवा महासंघलाई दिएको छ । महाधिवेशनको लागि आवश्यक उपसमिति तथा व्यवस्थापन समिति, मूलतयारी समितिले निर्माण गर्न सक्ने अधिकार दिइएको छ  । छैठौं राष्ट्रिय महाधिवेशन धरानमा हुँदैछ ।                 

                                   

                                    


प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...