भरतपुर गोल्डकप : एपीएफ र वीरगञ्ज युनाइटेड भिड्दै

चितवन । सीएमएस भरतपुर गोल्डकपको चौथो क्वार्टरफाइनलमा एपीएफ र वीरगञ्ज युनाइटेड भिड्दै छन्। यी दुई टिमबीचको खेल मंगलबार अपराह्न ४ बजेपछि हुने प्रतियोगिताका संयोजक प्रकाश भुजेलले जानकारी दिए । 

एपीएफ पहिलो चरणको खेलमा वीरगञ्ज युथ एकेडेमिलाई १–० ले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको हो । वीरगञ्ज युनाइटेडले भने प्रतियोगितामा पहिलो खेल खेल्न लागेको छ। बाई पाएर क्वार्टरफाईनलमा पुगेको थ्रीस्टार अनुपस्थित भएपछि उसको स्थानमा वीरगञ्ज युनाइटेडले खेल्ने मौका पाएको हो। अहिलेसम्म संकटा क्लब, झापा ११ र चितवन ११ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरिसकेका छन्।   

नारायणगढको क्याम्पाचौरमा वैशाख २४ गतेदेखि जारी प्रतियोगिता जेठ ४ गतेसम्म सञ्चालन हुनेछ। ए जे इन्टरनेसनलको आयोजनामा भइरहेको प्रतियोगिताका विजेताले नगद ६ लाखसहित गोल्डकप र उपविजेताले नगद तीन लाख रुपैयाँ पाउने छन्।  

 

प्रतिकृया दिनुहोस