यी पाँच युवा खेलाडी जो आईपीएलमा चम्किए, सबैको मन जित्न सफल रहे

एजेन्सी । भारतको बहुचर्चित क्रिकेट लिग इण्डियन प्रिमियर लिग (आईपीएल) को १२ औं संस्करण आइतबारबाट सकिएको छ ।

हैदरावादमा भएको फाइनलमा साविकको विजेता चेन्नई सुपर किङ्सलाई १ रनले पराजित गर्दै मुम्बई इण्डियन्सले उपाधि जितेको थियो । मुम्बईको यो कीर्तिमानी चौंथो उपाधि समेत हो ।

विश्व क्रिकेटमा आईपीएल यस्तो प्रतियोगिता हो जहाँ विश्वका उत्कृष्ट खेलाडीले आफ्नो जादु देखाउँछन् भने नयाँ प्रतिभाको खोजि हुन्छ ।

भारतका मात्र नभएर अन्य देशका खेलाडीले समेत आईपीएलबाट आफुलाई साबित गर्ने मौका पाउँछन् ।

वेष्ट इण्डिजका सुनिल नारिने, अष्ट्रेलियाका शेन वाट्सन, नेपालका सन्दीप लामिछाने, भारतका हार्दिक पाण्ड्या, जश्प्रित बुम्रहा जस्ता खेलाडी आईपीएलबाटै चम्किएका खेलाडी हुन् ।

यस संस्करणको आईपीएलबाट पनि केहि युवा खेलाडीले आफुलाई प्रमाणित गरेका छन् । उनीहरुले आफ्नो प्रतिभा देखाउँदै समर्थक तथा क्रिकेट पण्डितहरुको आँखामा पर्न सफल भए ।

यस सिजन सबैको आँखामा पर्न सफल ५ खेलाडीको चर्चा तल गरिएको छ ।

रियान पराग

भरातका यू-१९ राष्ट्रिय टोलीका सदस्य रहेका परागलाई राजस्थान रोयल्सले २० लाख भारुमा किनेको थियो ।

यस सिजन परागले ७ खेलमा मौका पाएका थिए । उनले १ सय ६० रन बनाउदा २ विकेट हात पारेका थिए । कलिलो उमेर भएता पनि उनको खेलमा केहि दबाब देखिएको थिएन ।

रोयल्सका कप्तान स्टिभ स्मिथले उनले ब्याटिङ देखाएको परिपक्वताको प्रसंसा गर्दै सिनियर खेलाडीले उनीबाट दबाब मुक्त हुने सिप सिक्नु पर्ने बताएका थिए ।

साम करन

गत वर्ष इङल्याण्ड भ्रमणमा रहेको बेला ब्रिटिश टोलीबाट आफ्नो परिचय खुलाइसकेका युवा खेलाडी करन आईपीएलका लागि भने नयाँ अनुहार थिए ।

लामो फर्म्याटमा जति उनी सफल देखिएका थिए  । उत्तिकै सफल सेतो बलबाट देखिएका थिएनन् । आईपीएलमा करनले पन्जाबका लागि अलराउण्ड प्रदर्शन गर्दै सबैलाई चकित पारेका थिए । उनलाई सम्झेने एक प्रदर्शन हो दिल्लीविरुद्धको उनको ह्याट्रिक ।

सबनम गिल

अघिल्लो सिजन पन्जाबबाट खासै मौका नपाएका गिलले यस सिजन कलकत्ता नाइट राइडर्सबाट खेले । सुरुवाती क्रममा ब्याटिङ गरेका उनले २ सय ९६ रन बनाउन सफल रहे ।

उनको सम्झन योग्य इनिङस मोहालीमा भएको पन्जाबविरुद्धको खेलमा थियो । सो खेलमा गिलले ७६ रन प्रहार गर्दै आफ्नो टिमलाई सहज जित दिलाए । उनको प्रदर्शनबाट सन्तुष्ट देखिएको कलकत्ताले उनलाई केही सिजन आफूसंगै राख्ने देखिएको छ ।

ओसाने थोमस

राजस्थान रोयल्सका अर्का युवा खेलाडी हुन् थोमस । थोमसलाई रोयल्सले १ दशमलब ५ करोडको ठुलो रकम खर्चेर भित्र्याएको थियो ।

यद्दपी उनले जोफ्रा आर्चरको उपस्तिथिमा सुरुवाती खेलमा मौका पाएका थिएनन् । विश्वकप तयारीका लागि आर्चर इङल्याण्ड प्रस्थान गरेपछि थोमसले मौका पाएका थिए । उनले पाएको मौका सदुपयोग गर्दै ४ खेलमा ७ दशमलब ९० को इकोनमीमा ५ विकेट हात पारे ।

आफुलाई अन्तराष्ट्रिय खेलमा साबित गरिसकेका २२ वर्षे थोमसले आईपीएलमा केहि समय राजस्थानमा बिताउन सक्ने छन् ।

राहुल चाहार

आईपीएल सुरु हुनु भन्दा पहिले थुप्रै क्रिकेट पण्डितले मुम्बईको लागि मायाँक मार्खनडे पहिलो रोजाइमा हुने अनुमान गरेका थिए । तर, मार्खनडेलाई पछि पर्दै राहुलले आफ्नो दाबेदारी प्रस्तुत गरे ।

१२ खेल खेलेका ७ दशमलब ४ को इकोनमीमा उनले १२ विकेट हात पार्न सफल भएका थिए । २० वर्षे खेलाडीले आउने संकरणमा आफुलाई खरो प्रस्तुत गर्नेमा कुनै दुविधा रहेको छैन ।

भारतीय यू-१९ राष्ट्रिय टोलीमा राम्रो छाप छाडेका उनले बिस्तारै सिनियर राष्ट्रिय टोलीमा स्थान बनाउने धेरैले अनुमान गरेका छन् ।

-एजेन्सीको सहयोगमा 

प्रतिकृया दिनुहोस