कांग्रेसलाई अब सशक्त पार्टी बनाउनुपर्छ: नेता महत

धनकुटा ।  नेपाली कांग्रेसका केन्द्रिय सदस्य रामशरण महतले नेपाली कांग्रेस भित्रको गुटउपगुटलाई अव पुरै समाप्त गरी कांग्रेसलाई सशक्त बनाउने पर्ने आज धनकुटाको पाख्रिवासमा नेपाली कांग्रेस पाख्रिवास नगर समितिको सम्मेलनको उद्घाटन गर्दै बताए । 

उनले गुटउपुग लिएर आउने नेताहरुलाई कार्यकर्ताहरुले वहिस्कार गर्नु पर्ने अनी मात्र कांग्रेस भित्रको गुटउपगुट समाप्तभै नेपाली कांग्रेस सशक्त हुने बताए । 

यसैगरी उक्त कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य पूर्व मन्त्री रामकृष्ण यादव,पूर्व राज्य मन्त्री दिपक खड्का,नेपाल महिला संघकी केन्द्रिय सदस्य शोभा चेम्जोङ्ग लगायतले नेपाली कांग्रेस कमजोर भएकोले अहिले देशमा अस्थिरता सिर्जना भएको र लोकतन्त्रनै कमजोर बन्दै गएको बताए ।

नेपाली कांग्रेस पाख्रिवास नगर सभापति कोपिन मानन्धरको अध्यक्षतमा सम्पन्न भएको नगर सम्मेलनमा नेपाली कांग्रेस धनकुटका सभापती अग्नी प्रसाद पौडेल,पूर्व सभापति मनोहर नारायण श्रेष्ठ,महासमिति सदस्य आनन्द सन्तोषी राई,जिल्ला सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,जिल्ला सदस्य ज्ञानु गुरुङ्ग ,जयन्द्र घिसिङ्ग लगायतले कांग्रेसलाई सशक्र बनाउन एक मात्र विकल्प कांग्रेस भित्रको गुटउपगुटलाई ध्वस्त बनाउनु रहेको बताए । 

नेपाली कांग्रेसका केन्द्रिय सदस्य डाक्टर राम शरन महतले यूवा समाजसेवी जयन्द्र घिसिङ्ग र नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश गर्नु भएको श्याम राईलाई पार्टी सदस्यता प्रदान गरेका थिए । उद्घाटन कार्यक्रमको संचानल नगर सचिव चन्द्र वस्नतले र बन्द सत्रको कार्यक्रमको संचालन प्रेम भण्डारीले गरेका थिए । 

बन्द सत्रमा पाख्रिवास नगरपालिकका १० वटै वडाका सभापति तथा प्रतिनिधिहरुले वडामा कांग्रेसको स्थिति र अवको दिनमा संगठन विस्तारका विषयमा प्रस्तुतती गरेका थिए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...