प्रधानमन्त्री ओली स्वदेश फर्किए लगत्तै उपेन्द्र यादवले सरकार छोड्ने

काठमाडौं ।  सत्तारुढ दल समाजवादी पार्टी, नेपाल सरकार छोड्नेगरि आन्तरिक छलफलमा जुटेको छ । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति, पार्टीसँग एकता भएलगत्तै समाजवादी पार्टीलाई सरकार छोड्न दबाब आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली यतिवेला भियतनाम र कम्बोडियाको विदेश भ्रमणमा छन् । संविधान संशोधनलगायत पार्टीले उठाएका मुख्य मागहरु तत्काल सम्बोधन गर्नेगरि कदम नचाले अब सरकारमा नरहने यादवको तयारी छ ।

सरकारबाट कहिले बाहिरिनेलगायतका विषयमा छलफल गर्न आजपनि समाजवादी पार्टी, नेपालको बैठक बसेको छ । स्रोतकाअनुसार आज विहानमात्रै बाबुराम र उपेन्द्रबीच यो विषयमा गम्भिर छलफल भएको छ । प्रधानमन्त्री स्वदेश फर्किएलगत्तै सरकारबाट बाहिरिने यादवको तयारी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...