१५ वर्षीया किशोरीको घाँटी रेटी हत्या

काठमाडौं । १५ वर्षीया किशोरीको घाँटी रेटेर हत्या गरिएको छ ।  पाँचथर हिलिहाङ–४, पञ्चमीकी १५ वर्षीया एक किशोरीको घाँटी रेटेर हत्या गरिएको हो । हिलिहाङ–४, पञ्चमीकी शीतल योङहाङको शव आइतबार साँझ घाँटी काँटिएको अवस्थामा सडकको मूनि फेला परेका हो ।

जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनील पौडेलले हत्या कसले र किन ग‍र्यो भन्ने नखुलेको र अनुसन्धान भइरहेको बताए । घटनास्थलबाट प्रहरीले एउटा मोबाइल फोन बरामद गरेको छ ।


प्रतिकृया दिनुहोस