सत्यमोहन जोशी एक सय वर्ष पुरा, ललितपुरमा विषेश कार्यक्रम गरिने

 काठमाडौं । सस्कृतिविद सत्यमोहन जोशीको आज सय वर्ष पुरा भएका छन् । जोशीको एक सयौं जन्मोत्सवमा आज ललितपुर महानगरपालिकाले विशेष कार्यक्रम आयोजना गर्दैछ । 

जोशीलाई बग्गीमा राखेर ललितपुरको मंगलबजारदेखि ईटी, कुमारीपाटी, जाउलाखेल हुँदै पुल्चोक पु¥याउने कार्यक्रम रहेको महानगरपालिकाले जनाएको छ । जोशीको एक सयौं जन्मोत्सव भव्यताका साथ मनाउन ललितपुर महानगर र गोदावरी नगरपालिकाले सार्वजनिक बिदा घोषणा गरेका छन् । 

बिहान साढे ११ बजे ¥याली सुरु हुनेछ । कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल उपस्थित हुने कार्यक्रम रहेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका ब्यान्डहरु पनि जन्मोत्सवमा सहभागि रहनेछन् । पाटनवासीले काः बाजा, धीमे बाजा, नेकु बाजालगायतका ४० प्रकारका परम्परागत बाजा बजाउने छन् । 


प्रतिकृया दिनुहोस