समाजवादी र राजपाबीच एकीकरणका लागि छलफल सुरु

काठमाडौं । नव गठित समाजवादी पार्टी  नेपाल र राष्ट्रिय जनता पार्टीबीच एकीकरणका लागि छलफल सुरु भएको छ । लामो समय रोकिएको छलफल फेरि सुरु भएको नेताहरुले बताएका छन । 

पहिलो चरणमा अनौपचारीक छलफल सुरु भएको र लगत्तै औपचारीक वार्ताबाट निस्कर्षमा पुग्ने समाजवादीका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।  नयाँ शक्ति र फोरम नेपालबीच एकीकरण भई समाजवादी पार्टी, नेपाल बनेपछि वार्ता समिति गठन गरेर छलफल शुरु भएको उनले जानकारी दिए । 

 श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको छ । राजपा नेपालका नेताहरूसँग अनौपचारिक कुराकानी शुरु भएको र सकारात्मक रुपमा अगाडि बढेको बताए । उनले राजपा नेपाल पनि एकीकरणप्रति सकारात्मक रहेको जानकारी दिए ।

राजपा नेपाल अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले सरकारबाट बाहिरिनु पर्ने सर्तमा आफूहरु अडिग रहेको बताए  आज पनि अनौपचारीक कुराकानी हुने नेताहरुले बताएका छन ।   

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...