मौसम: देशका अधिकांश क्षेत्रमा आंशिकदेखि सामान्यता बदली रहने

काठमाडौं । आज देशका अधिकांश क्षेत्रको मौसम आंशिकदेखि सामान्यता बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापिय प्रणालीका कारण देशका अधिकांश क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली भएको र दिनभरजस्तो यस्तै रहने मौसमविद सुवास रिमालले बताएका छन् ।


बिस्तारै पश्चिमी न्यून चापिय प्रणाली भित्रएकाले केही दिनको मौसम यस्तै रहने उनको भनाई छ । सोमबार देशका पूर्व र मध्यका केही ठाउँ तथा पश्चिमका थोरै ठाउँमा मेघ गर्जनसहित पार्नी पर्ने सम्भावना छ । ठूलो पानी पर्ने सम्भावना भने नरहेको उनले बताएका छन् । काठमाडौँ उपत्यकासहितका ठाउँमा बिहानैदेखि बदली भएको छ ।

प्रतिकृया दिनुहोस