धनकुटा सम्पर्क कार्यालयमा मुख्य मन्त्रीलाई धनकुटा बचाउन १३ बुदे माग

धनकुटा ।  मुख्यमन्त्री शेरधन राईलाई मुख्य मन्त्रीको सम्पर्क कार्यालय धनकुटामा धनकुटालाई बचाउन तत्काल मेडिकल कलेज लगायत जनसरोकारका कार्यालयहरु स्थापना गर्दै धनकुटाको विकास र समृद्धीका लागी १३ बुदेमागहरु दिदै पुरा गरीदिन हुन आग्रह गरेका छन ।

प्रदेशको स्थायी राजधानी धनकुटामा नभएपछि धनकुटको स्थिति दिन प्रतिदिन खस्कदै गएकाले धनकुटालाई बचाउन मुख्य मन्त्री शेरधन राईलाई धनकुटा बचाउन अभियान समितिले १३ बुदे माग पत्र प्रस्तुत गरेको छ । 

मुख्य मन्त्रीको सम्पर्क कार्यालय धनकुटा र यातायत सेवा कार्यालय धनकुटको उद्घाटन गर्ने क्रममा धनकुटा आउनु भएका मुख्य मन्त्री शेरधन राईलाई मृत शहरको रुपमा परिणत हुदै गएको धनकुटालाई जिवन्तता प्रदान गर्नका लागी मेडिकल कजेल लगायत जनसरोकारका कार्यालयहरु धनकुटामा राख्न माग गर्दै धनकुटा बचाउ अभियान समितिका संयोजक राजेश्वर वहादुर श्रेष्ठ,धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष उमेश घिमिरे,पर्यटन बिकास समिति धनकुटका अध्यक्ष विजय सन्तोषी राई,पादेशिक राजधानी अभियान समितिका संयोजक सुन्दरबाबु श्रेष्ठ,नेपाल नागरिक समाज धनकुटका अध्यक्ष दोर्ण गुरागाईले संयूक्त रुपमा १३ बुदे माग पत्र पेश गर्नु भएको हो ।

मुख्य मन्त्री शेर धन राईलाई पेश गरिएको १३ बुदे माग पत्रमा धनकुटामा मेडिकल कजेल लगायत धनकुटालाई शिक्षा,स्वास्थ्य,पर्यटनको हव बनाउनु पर्ने लगायतको माग रहेको धनकुटा पर्यटन बिकास समितिका अध्यक्ष विजय सन्तोषी राईले बताए । धनकुटामा अधिकार सम्पन्न कर, श्रम, पर्यटन, सि टिइ भिटि, को कार्यालय स्थापना ,प्रदेश विश्वविद्यालयको स्थापना,उत्तरपानीमा संचालन प्राविधिक शिक्षालय,पाख्रिवासमा संचालिन कृषि क्याम्पस,धनकुटामा संचालिन निजामती विद्यालयको तत्काल स्तरउन्नती गर्नु पर्ने र धनकुटामा स्थापना गरिएको शिक्षा तथा स्वास्थ्य निर्देशनालय र यातायक कार्यालय लाई अधिकार सम्पन्न बनाउनु पर्ने लगायतका मागहरु रहेको धनकुटा बचाउ अभियानका संयोजक राजेश्वर वहादुर श्रेष्ठले बताए । 

सो अवसरमा प्रतिनिधि सभाका सांसाद राजेन्द्र कुमार राई, प्रदेश सभाका सदस्यहरु इन्द्रमणी पराजुली, निरन राई, कुुसुम कुमारी श्रेष्ठ,बिना राई,प्रदेश सरकारका मुख्य सचिव सुरेश अधिकारी,जिल्ला प्रहरी कार्यालयका एस पी सुरेन्द्र गुरुग,सहिदभूमी गाउपालिकका अध्यक्ष मनोज राई, छथरजोरपार्टी गाउपालिकाका अध्यक्ष शेर वहादुर राई, महालक्ष्मी नगरपालिकाका उपप्रमुख मञ्जु अधिकारी, नेकपा धनकुटका सचिव ऋषिराम ढुंगाना, आदिवासी जनजाती महासंघ धनकुटका अध्यक्ष सञ्जय सन्तोषी राई, धनकुटा उद्योग बाणिज्य संघका उपाध्यक्ष तारा तितुग, नेपाल पत्रकार महासंघ धनकुटका पूर्व अध्यक्ष खगेन्द्र घिमिरे, लगायत धनकुटा बचाउन अभियान समितिका अभियान्तहरु र पत्रकारहरुको सहभागीता रहेको थियो ।

प्रतिकृया दिनुहोस