आईपीएल: मोस्ट भ्यालुएबल प्लेयर रसेल, इमर्जिङ प्लेयर गिल

एजेन्सी । भारतमा सम्पन्न १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकता नाइट राइडर्सका आन्द्रे रसेल मोस्ट भ्यालुएबल प्लेयर चुनिएका छन् ।

आइतबार सम्पन्न लिगमा वेष्ट इण्डिजका रसेल मोस्ट भ्यालुएबल प्लेयर घोषित भएका हुन् । यस्तै रसेलले ह्यारिएर सुपर स्ट्राइकर अवार्ड समेत जितेका छन् ।

यस सिजन रसेलले उच्च प्रदर्शन गरेका थिए । तर, रसेलले कोलकत्तालाई आईपीएलको प्ले अफमा पुर्राउन असफल भएका थिए ।

कोलकत्ताकै सुभम गिलले इमर्जिङ प्लेयरको अवार्ड जितेका छन् ।

त्यस्तै सर्वाधिक चांडो शतक प्रहार गर्नेको अवार्ड च्याम्पियन क्लब मुम्बई इण्डियन्सका हार्दिक पाण्ड्या, परफेक्ट क्याच अफ दि सिजन मुम्बईकै केइरन पोलार्ड, स्टाइलिस प्लेयर अवार्ड लोकेश राहुल र गेम चेन्जर अवार्ड मुम्बईकै राहुल चाहरले जिते ।

त्यसबाहेक सर्वाधिक रन बनाउने खेलाडी (ओरेन्ज क्याप) को अवार्ड सनराइजर्स हैदरावादका डेभिड वार्नर र सर्वाधिक विकेट लिने खेलाडी (पर्पल क्याप) अवार्ड चेन्नई सुपर किङ्ग्सका इमरान ताहिरले हात पारे ।

फेयर प्ले अवार्ड सनराइजर्स हैदरावादले हात पारेको छ । 

प्रतिकृया दिनुहोस