१२ औं संस्करणको आईपीएलको उपाधि मुम्बईको पोल्टामा

चेन्नई १ रनले पराजित

एजेन्सी । मुम्बई इन्डियन्सले १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ ।

आइतबार भएको फाइनलमा साविकको विजेता चेन्नई सुपर किङ्सलाई १ रनले पराजित गर्दै मुम्बईले उपाधि जितेको हो ।

हैदरावादस्थित राजिब गान्धी क्रिकेट स्टेडियममा मुम्बईले दिएको १५० रनको सामान्य लक्ष्य पछ्याएको चेन्नईले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १४८ रन मात्र बनाउन सक्यो ।

चेन्नईका लागि सेन वाट्सनले ८० रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै चेन्नईका फाप डु प्लेसिसीले २६ तथा ड्याने ब्राभोले १५ रन बनाए । कप्तान महेन्द्र सिंह धोनी २ रनमा आउट हुँदा अन्य ब्याट्सम्यानले पनि उलेख्य रन जोड्न सकेनन् ।

मुम्बईका लागि जस्प्रित बुम्राहले २ विकेट लिए । यस्तै लासिथ मलिंगा, राहुल चाहल र हार्दिक पाण्डयले एक एक विकेट लिए ।

मुम्बईको जितमा मलिंगाले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गरे । चेन्नईलाई जितका लागि अन्तिम ओभरको ६ बलमा ९ रन आवश्यकता रहेको थियो । तर, मलिंगाले एक रन आउटसहित २ विकेट लिएर ७ रन खर्चेर मुम्बई लाई च्याम्पियन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो  । मुम्बईका लागि केइरन पोलार्डले सर्वाधिक ४१ रन जोडे  । यस्तै क्विनटन डी ककले २९ तथा इशान किशनले २३ रन बनाए ।

चेन्नईका दिपक चाहरले ३ विकेट लिए । यस्तै इमरान ताहिर र सार्दुल ठाकुरले २/२ विकेट लिए ।

योसंगै मुम्बईले कीर्तिमानी चौंथो पटक आईपीएलको उपाधि जितेको छ । यस्तै मुम्बईले यस सिजन चेन्नईलाई लगातार चौंथो खेलमा पराजित गर्दै उपाधि हात पार्यो । 

त्यस्तै रोहित शर्मा चार पटक आईपीएल जित्ने पहिलो कप्तान बनेका छन् ।

प्रतियोगितामा मुम्बईले पहिलो क्वालिफायरमा चेन्नईलाई ६ विकेटले हराएर फाइनल यात्रा तय गरेको थियो । यता, चेन्नईले दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ४ विकेटले नै हराएर मुम्बईसंगको भेट पक्का गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...