मिडिया विधेयक पत्रकारका पक्षमाः मन्त्री बाँस्कोटा

नुवाकोट । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले प्रस्तावित सन्चार सम्बन्धी नयाँ विधेयक पत्रकारलाई कैदी बनाउन नभई जिम्मेवार बनाउन लयाइएको बताएका छन् ।

प्रेस संगठन नुवाकोटद्वारा आइतबार विदुरमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री बास्कोटाले अर्काको मानमर्दन हुने पत्रकारिताको विकास भएका कारण त्यसलाई नियमन गर्न सरकारले सन्चार सम्बन्धी नयाँ विधेयक मस्यौदा प्रस्ताव गरेको बताए। 

सत्य विषय उजागर गर्दा कोही पत्रकार अत्तिनु नपर्ने र सत्य समाचार जनतामाझ लैजाने पत्रकारलाई सरकारले अंकुश लगाएर जेल नपठाउने समेत मन्त्री बास्कोटाले बताए । इमान्दारितामा रहेका पत्रकारहरु प्रस्तावित मस्यौदावाट आत्तिनु नपर्ने मन्त्री बास्कोटाको भनाई छ ।

प्रतिकृया दिनुहोस