आयल निगम क्षेत्रिय कार्यालय धनगडीको जग्गा अधिकरण प्रकृया स्थागित

धनगढी ।  नेपाल आयल निगम क्षेत्रीय कार्यालयको जग्गा अधिग्रहण प्रक्रिया स्थगित गरिएको छ। भण्डार क्षमता बढाउने र डिपो सार्ने भन्दै दुई वर्षपहिले सुरु गरिएका प्रक्रिया विवादित बनेपछि स्थगित गरिएको हो।

नेपाल आयाल निगम क्षेत्रीय कार्यालय धनगढीको भण्डारण क्षमता नहुँदा बेला बेलामा पेट्रोलियम पदार्थको हाहाकार हुने गरेको छ। भण्डारण क्षमता बढाउने योजना कार्यान्वयनमा नआएपछि बेला–बेलामा अभाव हुने पेट्रोलियम पदार्थको समस्या अझै बढ्ने देखिएको छ।

डिपो सार्न पटकपटक माग गर्दा पनि कुनै सुनुवाइ नभएको स्थानीय महादेव गिरिको गुनासो छ। ‘हामीले पटकपटक यस विषयमा आवाज उठायौँ तर सुनुवाइ भएन’ उनले भने।

उपयुक्त जग्गा नभेटिएपछि टेन्डर प्रक्रिया स्थगित गरिएको हो। नेपाल आयाल निगम धनगढीका प्रमुख सर्पराज शर्माले भने भण्डार क्षमता बढाउने र डिपो सार्ने विषयमा केन्द्रको ध्यानआर्कषण गराइरहेको बताउँछन्। ‘हामीले यस विषयमा केन्द्रलाई जानकारी गराएका छौँ’ उनले भने, ‘केन्द्र पनि यस विषयमा गम्भीर छ।’

हाल निगमसँग डिजेलको लागि ३ दिनसम्मको भण्डारण क्षमता रहे पनि पेट्रोलियम पदार्थ भने एक दिन पनि ढुवानी गर्न नसक्दा हाहाकार हुने गरेको छ।

समस्या समाधानको लागि निगमको भण्डारण क्षमता बढाउनुको विकल्प नभएको शर्माको भनाइ छ।  


प्रतिकृया दिनुहोस