संसदमा आजदेखि प्रि-बजेट छलफल हुँदै

काठमाडौँ । संसदमा आइतबारदेखि आर्थिक वर्ष २०७६–७७ को प्रि–बजेट छलफल हुँदैछ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७६–७७ को बजेटको तयारी लगभग अन्तिम चरणमा पु¥याएका बेला बेलासंसदमा प्रि–बजेटमाथि छलफल हुन लागेको हो ।

प्रतिनिधिसभाको दिउँसो २ बजे बस्ने बैठकमा छलफल सुरु हुनेछ । यसअघि गएको शुक्रबार अर्थमन्त्री युवराज खतिवडाले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।

नीति तथा कार्यक्रमभन्दा पहिला प्रि–बजेटबारे छलफल गर्ने संसदीय परम्परा भए पनि सरकारले यस वर्ष नीति कार्यक्रम पारित भएपछि प्रि–बजेटमाथि छलफल गराउन लागेको हो । सोमबार या मंगलबारसम्ममा प्रि–बजेट छलफल सक्ने तयारी रहेको संसद सचिवालयले जनाएको छ ।

आउँदो जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संसदमा पेश गर्नुपर्ने र त्यसको १५ दिन अगावै प्रि–बजेटमाथि छलफल सक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिकृया दिनुहोस