सहिद भीमनारायण गोल्डकप फुटबलमा आज आयोजक धनकुटा र झापाबीच खेल हुने

धनकुटा । १४ औं संस्करणको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता अन्र्तगत आज  आयोजक धनकुटा र झापाबीच खेल हुने भएको छ । यसअघि हिजो धनकुाटाको तल्लो टुडीखेलमा भएको खेलमा मोरङको विन्ध्यबासिनी फुटबल क्लवले जित हात पार्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

उद्घाटन खेलमा भातरको रोयल फुटबल क्लवलाई सडेन डेथमा पराजित गर्दै विन्ध्यबासिनी सेमिफाइनलमा पुगेको हो । निर्धारित ९० मिनेटको खेलमा दुवै तर्फबाट कुनै गोल हुन नसकेपछि खेल ट्राइबेकरमा गएको थियो ।

ट्राइबेकरमा पनि  दुवै टीम बराबरीमा नै रोकिएपछी खेल सडेन डेत्थमा धकेलिएको थियो । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगीताको विजेताले ४ लाख र ट्रफि, उपविजेताले २ लाख र ट्रफि प्राप्त गर्ने छन । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...