इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि कसले जित्ला ?

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि छिनोफानो आज हुँदैछ । लिगका अन्तिम चरणका खेलहरुपछि नयाँ च्याम्पियनको टुंगो लाग्ने भएको हो । लिगमा एक खेलमात्रै बाँकी रहँदा ९५ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा छ भने ९४ अंकसहित लिभरपुल दोस्रो स्थानमा छ । म्यान्चेस्टर सिटीले आज ब्राईटनसँग खेल्दा लिभरपुलको भिडन्त वुल्भरह्याम्पटन वान्डरर्ससँग हुनेछ ।


आज म्यान सिटी विजयी भएको अवस्थामा उसले साविक उपाधि रक्षा गर्नेछ । सिटी रोकिएको अवस्थामा भने लिभरपुललाई आफ्नो खेल जित्दै उपाधि जित्ने अवसर हुनेछ । लिभरपुल सन् १९९० पछि पहिलो पटक प्रिमियर लिगको उपाधि जित्ने अभियानमा छ । 


प्रिमियर लिग फुटबलमा अन्तिम चरणका सबै १० खेल आज एकै समयमा हुनेछन् । नेपाली समय अनुसार बेलुकी पौने ८ बजे हुने खेलमा चेल्सीले लेस्टर सिटीसँग खेल्दा टोटनह्याम हट्सपरले एभर्टनको सामना गर्नेछ । यसैगरी आर्सनल र बर्न्ले भिड्दा म्यान्चेस्टर युनाइटेडले कार्डिफ सिटीको सामना गर्नेछ ।


यसपटकको प्रिमियर लिगबाट हडर्सफिल्ड टाउन, फुल्हम र कार्डिफ सिटी रेलिगेशनमा परिसकेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...