भरतपुर गोल्डकपमा क्वार्टर फाइनल सुरु हुँदै

चितवन । नारायणगढमा जारी सीएमएस भरतपुर गोल्डकपमा क्वार्टर फाइनल सुरु हुँदैछ। शनिबार अपराह्न ४ बजेपछि हुने पहिलो क्वार्टर फाइनलमा नेपाल आर्मी र चितवन ११ भिड्ने खेल संयोजक प्रकाश भुजेलले जानकारी दिए ।  चितवन ११ आफ्नो पहिलो खेलमा नुवाकोट ११ लाई ४(०ले पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेको हो भने आर्मी बाई पाएर सिधै क्वार्टर फाइनलमा पुगेको हो।

दुवै टिमलाई उपाधि दावेदारका रूपमा हेरिएकाले आजको खेल निक्कै प्रतिस्पर्धात्मक रहने अनुमान गरिएको छ। चितवन ११ सहित जावलाखेल युथ क्लब, च्यासल युथ क्लब र सशस्त्र प्रहरीको एपीएफले पहिलो चरणको खेलमा विजयी हुदै क्वार्टरफाईनलमा स्थान सुरक्षित गरेका छन्। यस्तै आर्मीसहित संकटा क्लब, थ्रीस्टार क्लब र झापा ११ बाई पाएर सिधै क्वार्टरफाइनलमा पुगेका हुन्। 

प्रतियोगितामा सहभागी १२ टिम मध्ये विजय युथ मकवानपुर, नुवाकोट ११, वीरगञ्ज युथ एकेडेमी र नेपाल पुलिस क्लब पहिलो चरणबाटै बाहिरिसकेएका छन्।  वैशाख २४ गतेदेखि नारायणगढको क्याम्पाचौरमा जारी प्रतियोगिता आगामी जेठ ४ गतेसम्म सञ्चालन हुनेछ। उपाधि विजेताले ६ लाखसहित गोल्डकप तथा दोस्रो हुने टिमले नगद तीन लाख पुरस्कार पाउने छन्। 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...