स्टार खेलाडीका एजेन्टमाथि फिफाले लगायो प्रतिबन्ध

काठमाडौं । विश्व फुटबलका स्टार खेलाडीका एजेन्ट मिनो राइओलामाथि प्रतिबन्ध लागेको छ ।

म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी पउल पोग्बाका एजेन्ट राइओलामाथि विश्व फुटबलको प्रशासकीय निकाय फिफाको अनुशासन कमिटिले तीन महिनासम्म फुटबल सम्बन्धी गतिविधि गर्न नपाउने गरि प्रतिबन्ध लगाएको हो ।

राइओलालाई इटालीको फुटबल फेडेरेशनले बुधबार प्रतिबन्ध लगाएको थियो । फिफाले प्रतिबन्धलाई विश्वव्यापी बनाएको हो । तत्कालदेखि सुरु भएको प्रतिबन्ध आउँदो सिजनको इंग्लिस समर विण्डो बन्द भएपछि सकिने छ ।

उनले जाल्टन इब्राहिमोविचसहितका धेरै स्टार खेलाडीको प्रतिनिधित्व गर्छन् । इटालियन फुटबल फेडेरेशनले प्रतिबन्धको कारण खुलाएको छैन । तर राइओलाले भने झुटा प्रमाणका आधारमा आफूमाथि प्रतिबन्ध लगाइएको आरोप लगाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...