आईपीएल: दिल्लीलाई हराउँदै चेन्नेई फाईनलमा

एजेन्सी । चेन्नेई सुपर किंग्स ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको फाईनलमा प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो क्वालिफायर खेलमा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै चेन्नेईले मुम्बईसंग उपाधि भिडन्त पक्का गरेको हो ।

१ सय ४८ रनको लक्ष्य चेन्नेईले १ ओभर बाँकी छँदै ४ विकेट गुमाएर पुरा गर्यो । ओपनर फाफ डु प्लेसिस र सेन वटसनले अर्धशतक बनाउँदै चेन्नेईको जितको रेखा कोरेका थिए ।

दुवैले पटक विकेटका लागि ८१ रनको साझेदारी गरेका थिए । सुरेश रैना ११ रन बनाएर आउट भएका थिए ।

यसअघि, विशाखापटनममा चेन्नेईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ४७ रन बनायो । ऋषभ पन्तले ३८ र कोलिन मुन्रोले २७ रन जोड्नु बाहेक अन्यको प्रर्दशन उल्लेख्य रहन सकेन ।

ओपनर पृथ्वी शा ५ र शिखर धवन ८ रनका आउट भएका थिए । कप्तान श्रेयश लेयर १३ रनमा पोविलियन फर्किएका थिए । अन्यको प्रर्दशन खासै उल्लेख्य रहन सकेन ।

चेन्नेईका दिपक चाहर, हरभजन सिंह, रविन्द्र जडेजा र डियान ब्राभोले समान २-२ विकेट हात पारे ।

चेन्नेईले उपाधिका लागि मुम्बई ईन्डियन्ससग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...