कांग्रेस सचेतक भन्छन्, जय नेपालकै बलले राणा र राजाको सातो लग्यो, अब पालो कम्युनिस्टको

बुटवल ।  नेपाली कांग्रेसका प्रमुख सचेतक खाँणले जय नेपाल शब्द राजा महेन्द्रले भन्न सुरु गरेको भन्ने अभिव्यक्ति प्रति आपत्ति जनाएका छन् ।

शुक्रबार बुटवलमा नेपाली कांग्रेस बुटवलको नगर सम्मेलनको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका खाँणले उक्त भनाइप्रति आपत्ति जनाएका हुन् ।

उनले भने, जय नेपाल शहीद शुक्रराज शास्त्रीले सुरुवात गर्नुभएको हो । फाँसी दिँदा अन्तिम आशा के छ भनेर सोध्दा उहाँले जय नेपाल भन्नुभएको थियो’ उनले भने । 

उसै शैलीमा उनले थपे, ‘यही जय नेपालको बलले राणाको सातो लग्यो, राजाको सातो लग्यो अब कम्युनिस्‍टको सातो लैजान्छ ।’ नेपाल सरकारका प्रवक्ता तथा सञ्‍चारमन्त्री गोकुल बाँस्कोटाले बिहीबार जय नेपाल शब्द राजा महेन्द्रले भन्न सुरु गरेको अभिव्यक्ति दिएका थिए। 

खाँणले मेरो सरकार भन्ने छुट नेपालको संविधानले कसैलाई पनि नदिएको बताएका छन् । उनले नेपालको संविधानले संघीय सरकारलाई नेपाल सरकार भनेर स्पष्ट उल्लेख गरेको बताउँदै संविधानको मर्यादाविपरीत कोही पनि जान नहुने बताए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आदिवासी जनजाति महासंघ (समाजवादी) को दोस्रो राष्ट्रिय महाधिवेशन शनिबारदेखि हुने

Janati samajwadi program

काठमाडौं । एकीकृत समाजवादी निकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) को दोस्रो राष्ट्रिय महाधिव...