भाउजुसँग अबैध सबन्ध भएका मुकेशले श्रीमती निर्मलालाई जिउँदै जलाएको खुलासा

जनकपुरधाम । श्रीमतीलाई जिउँदै जलाएका मुकेश यादवलाई कञ्चनपुरबाट प्रहरीले पक्राउ गरेको छ । धनुषको सहिदनगर नगरपालिका–१ चिरैया बस्ने मुकेश यादवले गत बैशाख १२ गते २२ वर्षीया पत्नी निर्मलादेवीको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए ।

शरीरको ८० प्रतिशत भाग जलेको निर्मलाको उपचारका क्रममा बैशाख १६ गते मृत्यु भएको थियो । प्रारम्भिक बयानमा मुकेशको भाउजुसँग अबैध सबन्ध रहेको खुलेको प्रहरीले जनाएको छ । मुकेशको बयानको आधारमा उनकी भाउजु श्यामादेवीलाई पनि पक्राउ गरिएको छ । पक्राउ परेका देवर–भाउजुविरुद्ध कर्तव्य ज्यान सबन्धी मुद्धा चलाएको प्रहरीले जनाएको ।

यसरी भएको थियो घटना

मुकेशका दाजु नागे यादव रोजगारीको सिलसिलामा लामो समयदेखि विदेश गएका थिए । दाइ विदेशभएपछि यता मुकेश र भाउजु श्यामादेवीबीच अबैध सबन्ध रह्यो । करिब पाँच महिना अधि मुकेशका दाजु नागे विदेशबाट घर फर्किए तर देवर–भाउजुको सबन्ध थाहा पाएनन् । दाइ घरमा भएपनि मुकेशले भाउजुसँगको आफ्नो अबैध सबन्ध कायमै राखे ।

मुकेशले फागुनमा कमला नगरपालिका–५ की निर्मलासँग विहे गरे । निर्मलासँग बिहेगरेपनि मुकेशले भाउजुसँको सबन्ध कायमै राखे । एक दिन निर्मलाले मुकेशलाई भाउजुसँग आपत्तिजनक स्थितिमा देखेपछि मुकेश र निर्मलाबीच विवाद शुरु भयो ।

त्यही विषयलाई लिएर बारम्बार झगडा भैरहन्थ्यो । निर्मलालाई जिउँदै जलाइएको दिनपनि निर्मला र मुकेशबीच झगडा भएको थियो । मुकेशले निर्मलालाई धम्काउँदै तेरा सबै लुगा जलाइदिन्छु भनि पेट्रोल लिन पसल निस्किए । उनको घर नजिकी भाउजु श्यामादेवीको पसल थियो । उनी त्यही पेट्रोल लिन गए भाउजु श्यामादेवीलाई पेट्रोल मागे ।

भाउजुले पेट्रोल किन चाहियो रु भनेर मुकेशलाई सोधपुछ गरेका रहेछन् । पछि मुकेशले निर्मलाको कपडा जलाउन भनेपछि श्यामादेवीले लुगा हैन उसलाई नै जलाइदेउ अनि हामी भागौला भनेर मुकेशलाई पेट्रोल दिएर घर पठाएको प्रहरी अनुसन्धाबाट खुलेको छ ।

त्यसअनुसार मुकेशले निर्मलालाई जिउँदै जलाए । निर्मलाको शरीरमा आगो लगाएर भाग्दै गर्दा मुकेशको टाउँकोमा उनका दाजु नागेले रडले हानेको र उनी भाग्न सफल भएको पनि प्रहरीको अनुसन्धानबाट खुलेको छ ।


प्रतिकृया दिनुहोस