तनावपूर्ण बन्यो बौद्धः प्रहरीद्धारा स्थानीयमाथि अश्रुग्यास र लाठी प्रहार

प्रहरीको लाठी प्रहारबाट स्थानीय घाइते

काठमाडौं । बौद्ध–जोरपाटी सडकखण्ड वर्षौंसम्म पिच नभएको भन्दै विरोधमा उत्रिएका स्थानीय व्यवसायी र प्रहरीबीच झडप भएको छ । आन्दोलनमा उत्रिएका स्थानीयमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेपछि तनाव उत्पन्न भएको थियो । आन्दोलनमा उत्रिएका स्थानीयले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए भने प्रहरीले लाठी र अश्रुग्यास प्रहार गरेको थियो । 

चुच्चेपाटी–साँखु सडक विस्तार योजना सुरु भएपनि अहिलेसम्म पूरा नभएपछि स्थानीयले बुधबारदेखि आन्दोलन उत्रिएका छन् । प्रहरीले स्थानीयका घरभित्रै प्रवेश गरेर लाठी प्रहार गरेको छ ।  बिहीबार बिहान ८ बजेदेखि बाटो पिच हुनुपर्ने माग गर्दै बन्द गराए । बाटो बन्द गराएर आन्दोलनमा उत्रिएका स्थानीय र व्यवसायीले शंख बजाएर सरकारको विरोध गरेका छन् ।

सोही क्रममा प्रहरीले अरुग्यास प्रहार गरेको थियो । प्रहरीसँगको झडपमा केही स्थानीय घाइते भएका छन् । आन्दोलनका कारण चुच्चेपाटी–जोरपाटी सडकखण्ड ठप्प छ । सवारी साधन चलेका छैनन् । जनता मार्न पाइँदैन, धुवाँ–धुलो उडाउने सरकार चाहिँदैन, ठेकेदारलाई कारबाही गरलगायतका नारा लगाउँदै आन्दोलनमा उत्रिएका छन् ।


प्रतिकृया दिनुहोस