दिल्ली पुग्यो आईपीएलको दोस्रो क्वालिफायरमा

काठमाडौं । नेपाली बलर सन्दीप लामिछाने सम्मिलित टिम दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग आईपीएलको दोस्रो क्वालिफायरमा पुगेको छ । 

बुधबार राति भएको एलिमिनेटर खेलमा दिल्लीले सनराइजर्स हैदरावादलाई २ विकेटले हराउँदै दोस्रो क्वालिफायरमा पुगेको हो । अब दिल्लीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा चेन्नईसँग खेल्नेछ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हैदरावादले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ६२ रन बनायो । उसका लागि मार्टिन गप्टिलले ३६ तथा मनिश पाण्डेले ३० रन बनाए । कप्तान केन विलियम्सनले २८ र विजय शंकरले २५ रन थपे । मोहम्मद नावीले २० रन बनाए ।

निकै बलियो सुरुवात गरेको दिल्लीले पहिलो विकेटका लागि ६६ रनको साझेदारी गरेको थियो । तर शिखर धवन आउट हुँदा ६६ रन बनाएको दिल्लीले त्यसपछि अरु ४७ रन जोड्दा थप ४ विकेट खेर फाल्यो । त्यसमा पनि अफगानिस्तानी बलर रासिद खानले एकै ओभरमा दुई विकेट लिएपछि खेलमा हैदरावादले दबाब दिएको थियो ।

दिल्लीका लागि पृथ्वी शले ५६ रन बनाउँदा शिखर धवनले १७ तथा कोलिन मुर्नोले १४ रन बनाए । दिल्लीका लागि अक्षर पटेलले खाता खोल्न सकेनन् भने कप्तान श्रेयस अय्यरले ८ रनमात्र बनाए ।

एक समय दिल्लीका लागि २१ बलमा ४१ रन चाहिएकोमा ऋषभ पन्तले बसिल थप्मीको ओभरमा २१ रन प्रहार गर्दै टिमलाई खेलमा फर्काए । उनले थम्पीको ओभरमा दुई चौका र दुई छक्का प्रहार गरे । तर पन्त २१ बलमा ४९ रन बनाउँदै आउट भए । जसमा दुई चौका र ५ छक्का सामेल थियो । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...