तत्कालीन नयाँ शक्ति पार्टीकी नेतृ सिमा बिक नेकपामा प्रवेश

काठमाण्डौ । तत्कालीन नयाँ शक्ति पार्टी नेपालकी नेतृ सिमाकुमारी बिक नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेकी छन् । नयाँ शक्ति पार्टी नेपाल संघीय समाजवादी फोरमबीच एकता भएको दुई दिनमै बिक बुधबार नेकपामा प्रवेश गरेकी हुन् ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलको उपस्थितिमा नेकपाको मुख्यालयमा भएको एक कार्यक्रममा उनी नेकपा प्रवेश गरेकी हुन् । नेकपाले जनताको हितमा राम्रा काम गर्दै गएकोले आफुले यो पार्टी राजेको बताएकी छन् । बिक पूर्व सांसद समेत हुन् ।  

सीमा विक राष्ट्रिय जनमुक्ति पार्टीबाट निर्वाचित सांसद हुन् । पार्टी अध्यक्ष शिवलाल थापा विजयकुमार गच्छदारको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकमा प्रवेश गरेपछि सांसद बिक २०७४ साल वैशाखमा नयाँ शक्तिमा प्रवेश गरेकी थिइन् । उनले नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यकारिणी सदस्यका रुपमा रहेर काम गरेकी थिइन् । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

आदिवासी जनजाति महासंघ (समाजवादी) को दोस्रो राष्ट्रिय महाधिवेशन शनिबारदेखि हुने

Janati samajwadi program

काठमाडौं । एकीकृत समाजवादी निकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) को दोस्रो राष्ट्रिय महाधिव...