प्रधानमन्त्री ओलीले संसदमा कुण्डा र निम्छरा भनेपछि हंगामा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नलाई आक्रोश, कुण्डा र निम्छराको संज्ञा दिएपछि प्रतिनिधिसभाको मंगलबारको बैठक केहीबेर तनावपूर्ण बन्यो । प्रतिनिधि सभामा शब्दको विषयलाई लिएर हंगामा भएको हो ।

जवाफमा सांसदहरूलाई स्पष्टिकरण राख्न सभामुखले एक मिनेटको समय दिएका थिए । जसमा सांसदहरूले प्रधानमन्त्रीमाथि प्रश्नको वर्षा गरेका थिए । लगत्तै जवाफ दिन रोष्ट्रममा उभिएका प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिको वास्ता नगरी प्रश्नको जवाफ प्रस्तुत गर्छु, भन्दै जवाफ दिन सुरू गरेका थिए ।

तर प्रधानमन्त्री ओलीले बोल्न सुरू गरे लगत्तै कांग्रेस सांसद मीनबहादुर विश्वकर्माले प्रधानमन्त्रीको भाषामा प्रश्न उठाए । कांग्रेसको विरोधपछि पनि प्रधानमन्त्री अघि बढिरहे। उनले प्रश्नको खासै जवाफ दिएनन् । कांग्रेसले विरोध गरिनै रहेपछि उनी कड्किएर आफ्नो जवाफ टुङ्ग्याएका थिए ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

उदयपुरमा स्कोर्पियो दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु, वडाध्यक्षसहित ६ जना घाइते

Udayapur accident

धरान । उदयपुरको कटारीमा स्कोर्पियो गाडी दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु भएको...