राजपा र फोरमले संविधान संशोधनको मुद्दा छाडिसकेः उपसभापति निधि

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिलेसंविधान संशोधनको मुद्दालाई आफ्नो पार्टीले मात्र जिवन्त राखेको बताएका छन् । मधेसका नाममा मत लिएकाहरुले संविधान संशोधनको मुद्दा बिर्सिसकेको उनको दाबी छ ।

नेपाल पे्रस युनियन धनुषाद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “सरकारको नीति तथा कार्यक्रममा प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने कुनै कार्यक्रम छैन ।”

उपसभापति निधिले सरकारको नीति तथा कार्यक्रम अश्वासनको पोको मात्रै हो, यो कार्यक्रमविहीन र नीतिविहीन रहेको आरोप लगाउँदै सङ्घीयता र संविधान विरोधी नीति तथा कार्यक्रमले संविधान संशोधनको मुद्दालाई पनि गौण बनाएको बताए ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

उदयपुरमा स्कोर्पियो दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु, वडाध्यक्षसहित ६ जना घाइते

Udayapur accident

धरान । उदयपुरको कटारीमा स्कोर्पियो गाडी दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु भएको...