विप्लव समुहका भेरी कर्णाली इन्चार्ज शाही रिहा

कालिकोट । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट बुद्धिजिवि संगठन भेरी कर्णाली इन्चार्ज धनराज शाही रिहा भएका छन् ।

तिलागुफा नगरपालिका –६ का ३१ वर्षीय शाहीलाई जिल्ला प्रहरी कार्यालयबाट इन्सेक प्रतिनिधि कालीवहादुर मल्लको रोहवर तथा पत्रकार दिलिप कुमार शाहीको जिम्मामा छाडिएको कालिकोटका प्रहरी प्रमुख डिएस्पी विनोद शर्माले बताए ।

विप्लव नेकपामा लागेको आरोपमा प्रहरीले शाहीलाई ०७५ चैत २९ गते गिरफ्तार गरेको थियो । अदालतले वैशाख ८ गते धरौटीमा रिहा गरेपनि प्रहरीले पुनः सार्वजनिक मुद्धामा पक्राउ गरी हिरासतमा राखेको थियो ।

वैशाख २३ गते जिल्ला प्रशासन कार्यालयले दुइ हजार धरौटी तथा दैनिक तारेखमा मुक्त गर्ने फैसला अनुसार रिहाइ गरिएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

उदयपुरमा स्कोर्पियो दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु, वडाध्यक्षसहित ६ जना घाइते

Udayapur accident

धरान । उदयपुरको कटारीमा स्कोर्पियो गाडी दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु भएको...