राजेन्द्र महतो भन्छन्ः नीति तथा कार्यक्रम भाङ खाएर लेखेको हो ?

संविधान गइहाल्छ, बाईबाई भइहाल्छ

काठमाडौं । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले नीति तथा कार्यक्रम भाङ खाएर लेखिएजस्तोु देखिएको बताएका छन् । नीति तथा कार्यक्रमको बुँदा नं ७ मा लेखिएको संविधानको सर्वस्वीकार्यतामाथि असहमति जनाउँदै उनले यस्तो बताएका हुन् ।

आफूले उक्त बुँदामा संशोधन चाहेको भन्दै उनले प्रश्न गरे, ‘संविधानको सर्वस्वीकार्यरतामा विमति छैन ? कसैको विमति छैन ? कहिल्यै विमति भएन ? कसरी लेखियो यो कार्यक्रम ? आधा निद्रामा लेख्या हो कि कसो ?’

आफूहरुले सरकारलाई समर्थन दिने बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले रोष्टमबाटै संविधान संशोधनको आश्वासन दिएको महतोले स्मरण गरे ।

‘विमती रोष्टमबाट स्वीकार गर्ने अनि यो नीति कार्यक्रममा विमती छैन भनेर लेख्ने ? राजपा नेता महतोले संविधान पूर्णरुपमा अझै स्वीकार गर्न नसकिएको बताए । तर, विमती छैन भनेर नीति तथा कार्यक्रममा लेखेर सरकारले संविधान नै संशोधन नगर्ने मनसाय राखेको उनले आशंका गरे ।

उनले संविधानलाई धर्मग्रन्थ जस्तो नठान्न चेतावनी दिए । ‘जबजब बाइबल, कुरान, गीता, महाभारत संविधानलाई बनाइन्छ नी त्यो संविधान गइहाल्छ, बाईबाई भइहाल्छ,’ उनले भने ।


प्रतिकृया दिनुहोस