सरकारले राष्ट्रपतिलाई ‘महारानी’ जसरी प्रस्तुत गर्‍यो, यो गणतन्त्रका लागि शुभसंकेत होइन

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले सरकारमाथि राष्ट्रपतिलाई विवादमा तान्ने गरेको आरोप लगाएका हुन् ।

उनले भने, संसद बैठकमा भने, ‘सरकारले राष्ट्रपतिलाई पटक–पटक विवादमा तान्ने काम गरको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बेलामा बेलायती महारानीको शैलीमा सम्बोधन गर्न गराउन लगाइयो ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले गएको शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा मेरो सरकार भनेकी थिइन् । उनको यो सम्बोधनको सर्वत्र आलोचना भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यसको जवाफमा बेलायतकी महारानीले मेरो सरकार भन्ने गरेको बताए । राष्ट्रपतिलाई महारानीको शैलीमा प्रस्तुत गर्न खोजिएको टिप्पणी गरेका हुन् ।

राष्ट्रपतिलाई बेलायती महारानीको शैलीमा सम्बोधन गर्न लगाउनु गणतन्त्रका लागि शुभ संकेत होइन’ देउवाले भने । यसअघि नीति तथा कार्यक्रम संघीय संसद्मा पेश गर्ने क्रममा राष्ट्रपतिले पटक–पटक मेरो सरकार भनेकोमा कांग्रेसले आपत्ति जनाएको थियो ।

देउवाले सरकारको कामबाट जनताले ठगिएको महसूस गरिरहेको समेत बताए । सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा प्रहार गरेको आरोप पनि देउवाको छ । उनले आन्तरिक र बाह्य लगानीको वातावरण बनाउन सरकार असफल भएको आरोप समेत लगाए ।

सरकारको कार्यशैली र नियतबाट नीति तथा कार्यक्रममा दाबी गरिएजस्तो दोहोरो अंकको आर्थिक वृद्धि सम्भव नभएको उनको आरोप छ ।

प्रतिकृया दिनुहोस