आजदेखि फेरि तापक्रम बढ्ने, बेलुकाको समयमा सामान्य हावाहुरी र पानी पर्न सक्ने

काठमाडौं । केही दिन अलि कम भएको देशको तापक्रम आजदेखि फेरि विस्तारै बढ्न सुरु हुने भएको छ । आज काठमाडौको अधिकतम तापक्रम २६ डिग्रि सेल्सियसदेखि २८ डिग्री सेल्सियसको हाराहारीमा रहने छ । 

केही दिन देशका विभिन्न स्थानमा पानी पर्दा तापक्रम घटेको थियो । पानी परेकै कारण तराईको तापक्रम घट्दा जनजीजन केही सहज भएको थियो । फेरि तापक्रम बढ्ने भएपछि फेरि तराईको जनजीवन अस्तव्यस्त हुने देखिएको छ । 

बिहीबार धनगडीको तापक्रम ४१ दशमलव ४ डिग्री पुगेको थियो भने आइतबार ८४ दशमलव १ डिग्री सेल्सियस छ । बिहीबार नेपालगञ्जको तापक्रम ४२ दशमलव ८ डिग्री थियो भने आइतबार ३६ दशमलव ५ डिग्री मात्रै छ । तर, आइतबारदेखि भने तापक्रम बढ्ने अनुमान मौसमविदहरुको छ । 

आइतबार देशका केही पहाडी भेगको मौसम आंशिकदेखि सामान्य बदली हुने भएको छ । अरु ठाउँको मौमस भने सामान्यतया सफा रहनेछ । मौसमविद्हरुका अनुसार तर मनसुन पूर्वको समय भएकाले बेलुका तिर भने सामान्य हावाहुरी र पानी पर्न सक्ने सम्भावना रहेको छ । 

प्रतिकृया दिनुहोस